Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


संवैधानिक परिषदमा प्रधानमन्त्री शाहको एकलौटी र स्वेच्छाचारी निर्णय स्वीकार्य छैनः सभापति थापा

संवैधानिक परिषदकाे गरिमा र यसको शक्ति सन्तुलनको मर्ममाथि प्रहार भएकाे ठहर

208
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्को गरिमा र यसको शक्ति सन्तुलनको मर्ममाथि प्रहार भएको बताउनुभएको छ ।

पार्टी मूख्यालय सानेपामा शुक्रबार आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री बालेन्द्र शाहको एकलौटी र स्वेच्छाचारी निर्णयलाई नियन्त्रण गर्न संवैधानिक परिषद्को परिकल्पना गरिएको स्मरण गराउँदै उहाँले हाल परिषद्को भावना विपरित कार्य भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयाे । संवैधानिक परिषद्मा प्रधानमन्त्रीको ‘दबदबा’ चल्न नहुने उल्लेख गर्नुभएकाे छ ।

संविधान निर्माणका क्रममा मौलिक हक अन्तर्गत ‘आवासको हक’ र ‘दलितको अधिकार’ समेटिनुको ऐतिहासिक र संरचनात्मक कारण रहेको पनि उहाँले प्रस्ट पार्नुभयो। संविधानको सम्बन्धित समितिको संयोजकका रूपमा आफ्नो अनुभव सुनाउँदै सभापति थापाले नेपालमा ऐतिहासिक र संरचनात्मक विभेदका कारण सबै भन्दा बढी भूमिहीन र सुकुम्बासी दलित समुदायमा रहेकाले संविधानमै ’भूमिहीन दलित’ शब्द उल्लेख गरिएको बताउनुभएकाे छ।

सभापति थापाले संवैधानिक निकायहरूमा हुने नियुक्ति र दलित अधिकारका सवालमा संविधानले निर्दिष्ट गरेको भावनालाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो ।