Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री स्वराजको शिष्टाचार भेट


0
Shares

सुरेन्द्रबहादुर नेपाली (रासस)

न्यूयोर्क, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टचार भेट गरेकी छन् ।

सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्तराज्य अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल एवं नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए ।