Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


भारतमा एक घरमा एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको ज्यान गयाे, २० घाइते


832
Shares

एजेन्सी । भारतकाे नयाँ दिल्लीको एक बहुतले घरमा आइतबार एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

आगलागीमा परी एक बालक र चार महिलासहित ९ जनाको मृत्यु भएको हाे । आगलागीमा परी अन्य २० जना घाइते भएकाे दिल्ली प्रहरीले पुष्टि गरेको छ । पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट ९ जनाको मृत शरीर निकालिएको थियाे । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए । एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको हाे ।