Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सुकुम्वासी बस्तीको विवरण संकलनबारे सेनाको प्रष्टोक्ति


676
Shares

काठमाडौं ।
नेपाली सेनाले विपद् पूर्व तयारीका लागि सुकुम्वासी बस्तीको विवरण माग गरिएको स्पष्ट पारेको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षतिको न्यूनिकरणका लागि विवरण संकलनको काम भएको जानकारी गराएको हो ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेपाली सेनाले सुकुम्वासीहरुको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरु प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा उक्त प्रष्टीकरण दिएको हो ।

विज्ञप्तिमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उद्धेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको उल्लेख गरिएको छ ।