Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा एक पछि अर्को विकृति (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं ।
बालेन शाह नेतृत्वको सरकारले तत्काल सुधारका लागि ध्यान दिनुपर्ने संस्थामा नेपाल वायुसेवा निगम पनि हो ।

पछिल्लो समय निगममा पाइलटहरुलाई तालिममा पठाउन रोकेकोदेखि वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको आरोपीलाई पुनर्नियुक्ति सम्मका निर्णय भएका छन् । तर राष्ट्रिय ध्वजाबहाक निगमको महाप्रबन्धक नियुक्तिमा समेत ढिलाई हुँदा बेथिति झ्न बढ्दो छ ।

नेपाल वायुसेवा निगममा रहेको दुईवडा वाइड बडी जहाजको इन्जिन मर्मतका लागि पठाउनु पर्ने समय निकै नजिक आएको छ । ६ हजार साइकल उडाएर इन्जिन सर्भिसिङका लागि पठाउनु पर्ने प्रावधान अनुसार अब एउटा जहाजको २ सय ९५ र अर्को जहाजको ६ सय ९७ साइकल मात्रै बाँकी छ ।

हरेक पटक गरिने ल्याण्डलाई एक साइकल मान्ने गरिएको छ । तर निमगमा रहेका नेतृत्वले यी दुई जहाजको इन्जिन समयमा सर्भिसिङमा पठाउने नसके ग्राउण्डेड हुने जोखिम बढीरहेको छ । त्यो वाइडबडी जहाज त्यही हो जसको खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको थियो । त्यही भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेका क्याप्टेन सुभास रिजाल अहिले नेपाल वायुसेवा निगमनको अप्रेशन निर्देशकका रुपमा कार्यरत छन् ।

सोही मद्दामा मुछिए पछि सेवा छोडेर गएका सुभाषकै भाइ अर्का आरोपी श्रवण रिजाललाई पुनः १५ लाख भन्दा बढी मासिक तलबमा पुनः नियुक्त गरिएको छ । निगम भित्र रहेका टुविनअटर क्याप्टेनहरुलाई करिब ५ वर्ष देखि न्यारोवडी जहाजको कोपाइलट तालिम जान रोकिएको छ ।

तिन वर्ष अघि करारमा नियुक्त गरिएका रोशन कोइराला नामका क्याप्टेनलाई न्यारोवडी जहाजको कोपाइलट तालिममा पठाउन निगमकै पुरानालाई रोकेर राखिएको हो । कोइराला उमेरले झण्डै ५९ वर्ष पुगेका छन् । साथै, तीन वर्ष अघि नियुक्त भएर पनि सम्पर्क बाहिर रहेका आफन्तलाई तालिममा पठाउन भित्रकै उमेर भएका पाइलटलाई तालिमबाट रोकेको भन्दै नेतृत्व प्रति चरम असन्तुष्टि छ । २ वटा वाइडबडी जहाजका लागि अहिले निगमनमा १९ जना पाइलट सहित २५ जना छन भने न्यारो बडीका लागि २२ जना छन् ।

एकातिर नेपालको गन्तव्य रहेका स्थानहरुमा उडान कटौती गरेर बस्नु परिरहेको र अर्कातिर बाहिरका मान्छे अनावश्यक रुपमा थोपरेर आन्तरिक कर्मचारीमाथि अन्याय गरेको कर्मचारीको आरोप छ । त्यसो त युराज अधिकारीकै पालामा इजरालयमा भएको इन्जिन मर्मतका नाममा ७० करोड भन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ । अर्को तिर निगमनको ऋण भार ५३ अर्ब पुगेको छ । यस्तो अवस्थामा निगमको अहिले नेतृत्वमा रहेका पदाधिकारीहरुको गतिविधि शंकास्पद देखिएको भन्दै अख्त्यिारमै उजुरी समेत परिसकेको छ ।

यस अघि वाइडबडी जहाजकै भ्रष्टाचार काण्डमा सर्वोच्चमै मुद्दा विचाराधिन रहेका व्यक्तिलाई किन अप्रेसन डाइरेक्टरको जिम्मेदारी दिइयो भन्ने पनि खोजीको विषय रहेको छ । त्यसो त निगमको महाप्रबन्धक पदपूर्ती समेत हुन सकेको छैन । हरेक वर्ष घाटामा देखाउने गरी थलिएको निगम भित्रको भ्रष्टाचार रोक्न सरकारले तत्काल नेतृत्व माथि हस्तक्षेप गर्न आवश्यक छ ।