काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमबार दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेश गर्ने नेकपाले जनाएकाे हाे । बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने गरी प्रस्ताव गर्ने जनाइएकाे छ। चुनावी समीक्षा र पार्टीको भावी योजनाकाे बारेमा निर्णय लिन गत चैत १९ गते संयोजन समितिको बैठक बोलाइएको थियो । चैत २३ देखि २८ गतेसम्म संयोजक दाहालले पेश गरेको चुनावी समीक्षा प्रतिवेदन माथि नेताहरू लिखित र अलिखित रुपमा धारणा राखेका थिए ।
वैशाख ३ गते बसेको बैठकमा बैठकमा उठेका प्रश्नको जवाफ संयोजक दाहाल र सह–संयोजक नेपालले दिएका थिए । निर्णय प्रस्ताव ल्याउने जिम्मा दाहाल र नेपाललाई दिएपछि बैठक स्थगित भएको थियो । पार्टी नेतृत्वले ल्याएको प्रस्तावमाथि निर्णय प्रस्ताव अनुमोदन गरेपछि बैठक सकिने नेकपा एक नेताले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्