Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह


0
Shares

एजेन्सी । संयुक्त राष्ट्र संघको शान्ति मिसनका प्रमुख जेम्स स्वानले कङ्गोमा प्रभावकारी युद्धविराम अनुगमनका लागि आह्वान गर्नुभएको छ ।

प्रमुख स्वान जो कङ्गोका लागि संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि पनि हुनुहुन्छ । गोमा पुगेपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । गोमा एक रणनीतिक पूर्वी शहर हो जुन हाल विद्रोही एलायन्स फ्लुवे कङ्गो/मार्च २३ आन्दोलनको नियन्त्रणमा छ । उहाँले गोमा द्वन्द्व कम गर्न, नागरिकहरूको रक्षा गर्न र जारी शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयासहरूको केन्द्रमा रहेको बताउनुभएकाे छ ।

बन्द रहेको गोमा अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रमुख स्वानले वास्तविक अधिकारीहरूसँग संलग्न हुने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रश्तावहरू अनुरूप मोनस्कोले आफ्नो म्यान्डेट कार्यान्वयन जारी राख्न सक्ने सर्तहरूको मूल्यांकन गर्ने बताउनुभयो ।
प्रमुख स्वानकाे ७ अप्रिलमा कार्यभार सम्हाले यता गोमाको यो भ्रमण पहिलो भ्रमण हो । उत्तर किवु प्रान्तीय राजधानी, जहाँ पहिले करिव बीस लाख मानिसहरू बसोवास गर्थे ।