Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाईट हाउसमा आयोजित वार्षिक डिनर कार्यक्रममा गोली चल्यो


1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाउस संवाददाताहरुका लागि आयोजना गरेकाे एक डिनर कार्यक्रममा गोली चलेको छ ।

वाशिंगटन डीसीमा वार्षिक मिडिया कार्यक्रम शुरु हुनु भन्दा अघि राष्ट्रपति ट्रम्प र प्रथम महिला बसिरहेको बलरूम बाहिर गोली चलेको हो । गोली चलेको आवाज सुनिएपछि उहाँलाई वाशिंगटन हिल्टन होटलबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियाे । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत साेही घटनाकाे बारेमा उल्लेख गर्दै अमेरिकी सेक्रेट सर्भिस र स्थानीय सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको समेत जानकारी गराउनुभएकाे हाे । घटनास्थलको फुटेजमा ट्रम्प र सहभागीहरू गोली चलेको आवाज आएपछि आफ्नो टेबल पछाडि लुकेको देखाइएको छ । बलरूम बाहिर पाँच वटा बन्दुकको गोली लागेको आवाज सुनेको सहभागी संवाददाताहरुले बताउका हुन् ।