Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


आईपीएल क्रिकेटमा राजस्थान रोयल्सकाे लखनउमाथि विशाल जित

लखनउ सुपर जायन्ट्स भने ४० रनकाे फराकिलाे अन्तरले पराजित

650
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ ।

लखनउको एकाना स्टेडियममा बुधबार राति भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएकाे हाे । जवाफमा लखनउ १८ ओभरमै १ सय १९ रनमा समेटिँदै पराजित भयो । राजस्थानका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेलेका थिए । यशस्वी जैसवाल र शिमरोन हेटमायरले समान २२/२२ रनको योगदान दिएका छन् ।

लखनउका तर्फबाट बलिङमा मोहसिन खान, प्रिन्स यादव र मोहम्मद शामीले समान २/२ विकेट लिएका हुन्। मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडेका छन् ।

याे जितसँगै राजस्थानले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको हाे ।