Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेकपा स्थापना दिवस कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दै

सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा लगायत विषय समेटिने

637
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुने भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवसकाे अवसरमा पार्टी केन्द्रीय कार्यलय च्यासलमा बुधबार दिउँसो २ बजे हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभएकाे हाे । अध्यक्ष ओलीकाे सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायत विषय समेटिने बताइएको छ ।

साेही कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ । नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।