Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


कञ्चनपुरमा एक युवकको ह*त्या

घटनामा संलग्न भएको आरोपमा दुई जना प्रहरीकाे नियन्त्रणमा

507
Shares

काठमाडाैं । कञ्चनपुरमा एक युवकको हत्या भएको छ ।

पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे हाे । गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको प्रहरीले बताएकाे छ।सोमबार राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।

घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएकाे छ। मृतकको छातिमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

थप अनुसन्धानपछि घटनाकाे बारेमा विस्तृत जानकारी आउने प्रहरीले जनाएको हाे ।