Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


ललितपुरमा साझा बस निःशुल्क सञ्चालन गर्ने प्रमुख महर्जनको प्रस्ताव

'रातो पुस्तिका’मै बजेट व्यवस्था गर्ने प्रतिवद्धता

0
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रश्ताव अघि सार्नुभएको छ ।

प्रमुख महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रश्ताव अघि सार्नुभएको हाे ।
साझा यातायातद्वारा सञ्चालित नयाँ रुटको शुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस्तो योजना सुनाउनुभयाे । उहाँलेले साझा यातायातलाई नेपालकै सबैभन्दा सफल र अनुभवी सार्वजनिक यातायात संस्था भएको बताउनुभएकाे छ। उहाँले कुनैपनि योजना शुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने बताउनुभयो ।

हाल दुईवटा रुटमा शुरु गरिएको सेवाको खर्च शुरुवाती तीन महिना साझा यातायातले नै व्यहोर्ने सहमति भएको छ । त्यसपछि भने सम्बन्धित पालिकाहरूले प्रो–र्याटा (दामासाही) आधारमा खर्च व्यहोर्ने प्रावधान छ । तर मेयर महर्जनले भने तीन महिनापछि सर्वसाधारणबाट शुल्क लिनुको सट्टा महानगरले नै खर्च व्यहोरेर निःशुल्क बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले साझा यातायातलाई तत्काल खर्चको अनुमानित विवरण उपलब्ध गराउन आग्रह गर्दै आगामी आर्थिक वर्षको बजेट ९रातो पुस्तिका० मा ललितपुर महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले साझा यातायातलाई ‘हाई साइड’ (बढी) बजेट माग गर्न सुझाव दिनुभयो । काठमाडौंमा मंगलबार साँझदेखि वाइफाई सेवासहितका रात्रिकालीन बस सेवा शुरु भएको हो । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्नेछ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुरका प्रमुख महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गर्नुभयो । बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् ।

हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन । गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरुको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको हाे ।