Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


प्रधानमन्त्री शाहले दिए नयाँ वर्षको शुभकामना


65
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गर्नुभएकाे छ।

नयाँ वर्षको शुभकामना दिँदै उहाँले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गर्नुभएकाे हाे ।

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’