Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सरकारले दलहरुमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छः राष्ट्रिय सभा सांसद विष्ट


286
Shares

काठमाडाैं । राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरुमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाउनु भएको छ ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

सांसद विष्टले सरकारले दुई तिहाईको बलामा संविधान र कानूनमाथि आक्रमण गरिरहेको जिकिर पनि गर्नु भयो । संविधान, कानून र विधि नजानेकाहरुले मुलुकलाई अप्ठयारोमा पार्ने अवस्था रहेको सांसद विष्टको बुझाई थियो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थी संगठनहुँदै पार्टी माथि नै प्रतिबन्ध लगाउने यिनीहरुको जुन हर्कत देखिदैछ । विस्तारै यिनीहरु बलजफती प्रधानमन्त्री कार्यालयमा कानून नै थाहा नभएका मानिसहरुको विगविगी छ । न यिनले संविधान पढेका छन्, न कानून पढेका छन् । न विधि पढेका छन, अनुशासन । दुई तिहाई भयो, जब्बरजस्ती गरिहालिन्छ भन्ने जुन बुझाई छ । मुलुकलाई कानूनी राज्यको मान्यता अनुसार अघि बढाउन राष्ट्रिय सभाले विशेष भूमिका खेल्नुपर्छ । त्यसमा हामी सफल हुन्छौ भन्ने मलाई लाग्दछ ।’
सांसद विष्टले सरकारले अनावश्यक रुपमा सेवा सुविधा लिने काम गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।