Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


कोशी-गण्डकी र बागमती प्रदेशमा आज मेघगर्जन-चट्यांगसहित हल्का वर्षा-हिमपात हुने


299
Shares

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ।

साेमबार बिहान देशको हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

त्यस्तै, सोमबार दिउँसो भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा भने मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, साेमबार राति भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहने भएकाे हाे । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।