झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र।१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल , सोही दिशा तर्फ जाँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्र ।१ – ०१– ०१२ प ७६३५ नम्वरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर प्र ।१ – ०१– ०१२ प ७६३५ नम्वरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ का २५ वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
अन्य घाइतेमध्ये प्र।१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान–१५ का २७ वर्षीय मनीकुमार देवकोटा, सोही मोटरसाइकलमा सवार २७ वर्षीय अनिल बस्नेत, र अर्को मोटरसाइकल चालक झापा शिवसताक्षी–५ का २९ वर्षीय नन्दबहादुर मगर तथा पछाडि सवार २९ वर्षीय कमल मगर रहेका छन्।
उनीहरूको स्पाइनस अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्