Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


दक्षिणकालीमा कार दुर्घटना हुँदा एककाे मृत्यु


1.2k
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट बीएबी ५२८१ नम्बरको कार करिब ७ सय मिटर तल खस्दा दुर्घटना भएकाे हाे । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।