Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


इजरायली-लेबनान द्धन्द्ध: ज्यान गुमाउनेकाे संख्या १९ सय ५३ पुग्यो, ६३ सय बढी घाइते

नागरिक हताहती र बिग्रँदै गएको मानवीय अवस्थाप्रति चिन्ता

1.1k
Shares

एजेन्सी । यहि मार्च २ तारिखमा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेदेखि लेबनानमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको कूल संख्या १ हजार ९ सय ५३ पुगेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी ६ हजार ३ सय ३ जना घाइते भएकाे जनाएकाे हाे । मन्त्रालयका अनुसार गत बुधवार मात्रै लेबनानमा भएको इजरायली आक्रमणमा ३ सय ५७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय २३ जना घाइते भएका हुन् । जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै उद्धार टोलीले भग्नावशेष हटाउने र मानव अवशेषहरू संकलन गर्ने कार्य जारी राखेकाले यो तथ्याङ्क प्रारम्भिक रहेको बताएको छ ।

ठूलो संख्यामा पहिचान नभएका शरीरका अंगहरूको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्न समय लाग्ने भएकाले अन्तिम संख्या निर्धारण गर्न केही समय लाग्ने पनि बताईएको छ । स्थानीय सञ्चारमाध्यम र घटनास्थलका फुटेजहरूका अनुसार इजरायलले बिहीबार दक्षिण लेबनानका विभिन्न स्थानमा थप भारी हवाई आक्रमण गरेको छ । जसमा जरारिया, जिबचित, बुर्ज कालाउयेह र घान्दौरियामा सबै भन्दा घातक आक्रमणहरू रिपोर्ट गरिएको छ ।

दक्षिण लेबनानमा विनाशको मात्रा बढ्दै जाँदा, आपतकालीन उद्धारकर्ताहरू विभिन्न क्षेत्रहरूमा खोजी र उद्धार कार्यमा संलग्न रहेका हुन् । जवाफमा हिजबुल्लाहले किर्यत शमोना र मेतुला लगायतका इजरायली सेनाको जमघट र उत्तरी बस्तीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको बताएको हाे । समूहले लेबनान विरुद्धको इजरायली–अमेरिकी आक्रमण नरोकिउन्जेल आफ्ना कारबाहीहरू जारी रहने थप गरेको छ । पछिल्लो हवाई आक्रमण व्यापक तनावकोबीचमा आएको छ । जसले लेबनानमा बढ्दो नागरिक हताहती र बिग्रँदै गएको मानवीय अवस्थाप्रति चिन्ता बढाएको हाे ।