एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि आइतबार बिहानसम्म पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताउनुभएको छ ।
ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले युद्धमा अमेरिका अगाडि रहेको जिकर समेत गर्नुभएकाे छ । इरानलाई जसरी पनि जित्ने उहाँको भनाइ थियाे। इरानको नौसेनासँग १ सय ५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेकाे उहाँले बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले सायद पानीमा केही माइनहरू बाँकी रहेको र अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्