काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
गत शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार भने प्रतितोला दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। चाँदी शुक्रबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १५ रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार सात सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्