Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


क्युवामाथि अमेरिकी नाकाबन्दीविरुद्ध रोममा प्रदर्शन


195
Shares

एजेन्सी । इटालीको राजधानी रोममा शनिबार सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् ।

क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा परेको हो । प्रदर्शनकारीहरूले ऐतिहासिक कोलोसियमबाट पियाजाले ओस्टिएन्सेसम्म मार्च गरेका थिए । उनीहरूले ‘क्युवा एक्लो छैन’ र ‘क्युवाविरुद्धको अमेरिकी नाकाबन्दी बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

मार्चका क्रममा क्युवाली झण्डाहरू फहराउँदै अमेरिकी नीतिको कडा निन्दा गरिएको थियो ।