काठमाडाैं । गत एक वर्षको अवधिमा कूल सात हजार ६ सय ४८ वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि यता भएका यी घटनामध्ये आगलागीमा परी १ सय ५ जनाको मृत्यु भएकाे हाे । विपदमा परी ५ सय ७१ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आगलागी र डढेलोसँग जोडिएका घटना सबै भन्दा बढी रहेकाे बताएकाे हाे । जसमध्ये देशैभरी आगलागीका तीन हजार ७ सय २० वटा आगलागीका घटना भएका छन् ।
विपदमा परी चार हजार २ सय ६० परिवार प्रभावित भएका हुन् । आगलागी र त्यससँग जोडिएका घटना न्यूनिकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्यांकले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणले जनाएकाे हाे ।
साेही अवधिमा डढेलोको घटना ३ सय २८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका हुन् । ५८ परिवार प्रभावित भएका छन् । प्राधिकरणले यहि चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कूल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका हुन् ।
प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन समेत पुनः अनुरोध गरेको छ ।









प्रतिक्रिया दिनुहोस्