Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


आधा शताब्दीको शत्रुतापछि इरान र अमेरिकाबीच शान्ति वार्ता

दुई चरणको वार्तामा भएका विषय सार्वजनिक हुन बाँकी

1.4k
Shares

एजेन्सी । दुई वर्षमा दुई युद्धसहित करिब आधा शताब्दीको शत्रुतापछि इरान र अमेरिकाबीच शान्ति वार्ता भएको छ ।

पाकिस्तानको इस्लामावादमा अमेरिका, इरान र पाकिस्तान गरी तीनै पक्षसहितको प्रत्यक्ष शान्ति वार्ता आइतबार बिहान सकिएको हो । दुई चरणको वार्तामा भएका विषयहरूलाई सार्वजनिक भने गरिएको छैन । पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा जारी वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेका छन् । पश्चिम एशियामा बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न यो वार्ताले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको हाे।

वार्ताअघि पाकिस्तानका प्रधानमन्त्री सरिफसँग इरानी र अमेरिकी प्रतिनिधिमण्डलले पालैपालो भेट गरेको थियो । वार्ताको मुख्य विषयमा इरानको परमाणु कार्यक्रम, हर्मुज जलमार्ग र लेबनान तनाब लगायत मुद्दा समावेश छन् । यसैबीच अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’शुरू गरेको र इरानसँगको युद्ध शुरू भएयता पहिलो पटक हर्मुज मार्ग हुँदै दुई वटा अमेरिकी युद्धपोतहरू पार भएका दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धमा इरानले ‘ठूलो घाटा व्यहोरेको’पनि उल्लेख गर्नुभयाे ।

राष्ट्रपति ट्रम्पले रणनीतिक हमुज मार्गमाइरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको करिब २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गर्नुभएको छ ।