काठमाडाैं ।
‘विराट गोल्डकप’ प्रतियोगिताको ३८औँ संस्करण आजदेखि विराटनगरमा सुरु हुँदैछ ।
विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रस्टले जनाएको छ ।
११ वर्षपछि आज झापा र आमी सो मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) सँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमी पनि सहभागी हुनेछन् ।
वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापन सकिएको छ ।









प्रतिक्रिया दिनुहोस्