Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


तीन जना मात्र विमानस्थल आउन नागरिक उड्डयन प्राधिकरणको अनुरोध


260
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन अनुरोध गरेको छ ।

विमानस्थलमा धेरै भिड हुने गरेको भन्दै प्राधिकरणले सूचना निकालेर यस्तो आग्रह गरेको हो । प्राधिकरणका अनुसार अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुहरूको संख्या पनि बढेको छ ।


यात्रुको लागि धेरै जना विमानस्थल आउँदा भिडभाड हुने र भिडभाडको चापले विमानस्थलमा सुरक्षा चुनौती थपिनुका साथै स्वदेशी तथा विदेशी हवाई यात्रुहरूको आगमन तथा प्रस्थानमा असुविधा भइरहेको प्राधिकरणको भनाइ छ । यसैबीच सरकारले सार्वजनिक गाडीमा आरक्षित सिट अनिवार्य नराखे कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आरक्षित सिट अनिवार्य गरेको हो ।

यात्रुवाहक गाडीमा चार सिट अशक्त व्यक्तिका लागि र दुई सिट महिलाका लागि आरक्षित राख्नुपर्ने व्यवस्था छ । लामो तथा छोटो दूरीका गाडीले यस्तो सिट अनिवार्य नगरेको पाइएको भन्दै विभागले कारबाही चेतावनी दिएको जनाएको छ । विभागले लामो बाटोमा सञ्चालन हुने गाडीका हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा न्यूनतम चार घण्टा अगाडिसम्म सिट सुरक्षित राख्नुपर्ने जनाएको छ ।