Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


स्वस्थ वातावरणबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न


130
Shares

काठमाडाैं । नव वर्ष २०८३ को पावन अवसर पारेर “स्वस्थ वातावरण आजको आवश्यकता” विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कैलाशकूट सामाजिक अभियानको आयोजना र लक्ष्मी नारायण देवस्थान सेवा समितकिो सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वातावरणविद् भुषण तुलाधर तथा वातावरणविद् एवं उद्यमी शिलशिला आचार्यसहितको टोलीले वातावरण संरक्षणको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागीहरूले वातावरणीय समस्याहरू, तिनका प्रभाव तथा समाधानका उपायहरूबारे जानकारी प्राप्त गरेका थिए । वक्ताहरूले स्वच्छ र हरित वातावरण कायम राख्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि भएको आयोजकले जनाएको छ।