Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेशकाे शानदार जित

मधेश र कोशी प्रदेशकाे लज्जास्पद हार

0
Shares

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले चौथो जित हात पारेको छ ।

जनकपुरमा शुक्रबार भएको खेलमा कोशी प्रदेशलाई ५ रनले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको कोशी ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय २० रनमा समेटियो । कोशीका अंकित सुवेदीले ७२ र सुमन श्रेष्ठले ६५ रनको अर्धशतकीय पारी खेलेका थिए । एपीएफका अभिषेक गौतमले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ५ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । एपीएफका सन्दीप जोराले ७२ र सुमित महर्जनले ५७ रनको अर्धशतकीय इनिङ खेलेका छन् । कोशी प्रदेशका सुजन थपलियाले सर्वाधि ३ विकेट लिए । यो जितसँगै एपीएफ ८ खेलबाट ९ अंकका साथ पाँचौँ स्थानमा छ । पराजित भएको कोशी प्रदेशको समान खेलबाट १ अंक छ ।

त्यस्तै, शुक्रबार नै भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले पराजित गरेकाे छ । वीरगञ्जमा भएको खेलमा बागमतीले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७३ रन मात्र बनाउन सक्यो । मधेसका मायन यादवले सर्वाधिक ४० रन जोडेका थिए । बागमतीका प्रतिश जिसीले ५ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ८ रन बनाएको थियो ।

बागमतीका उत्तम मगरले सबैभन्दा बढी ४४ रन लिए । मधेशका पवन सर्राफले ३ विकेट लिएका हुन् । यो जितसँगै बागमती प्रदेश ८ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा छ भने एक खेल कम खेलेको मधेस ९ अंकसहित चौथो स्थानमा छ ।