Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति राष्ट्रपति पौडेललाई दुवै सदनकाे धन्यावाद ज्ञापन


273
Shares

काठमाडाैं । प्रतिनिधिसभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति धन्यवाद ज्ञापन गरेको छ ।

सि‌हदरबारमा शुक्रबार बसेकाे साेही बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रश्तुत गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । त्यस्तै, राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा गर्नुभएको सम्बोधनप्रति राष्ट्रियसभाले पनि धन्यवादज्ञापन गरेको छ । बैठकमा राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई गर्नुभएको सम्बोधनका लागि प्रधानमन्त्री बालेन्द्र साहले प्रस्तुत गर्नुभएको धन्यवाद प्रस्तावलाई सभाले पारित गरेको हो ।

यस अघि राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्नुभएको थियो । संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ । संसदको निर्वाचनपछिको पहिलो अधिवेशन शुक्रबार मध्यराति १२ बजे सकिँदैछ ।