Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


लगातार २ दिन बढेकाे शेयर बजार आज १३ अंकले घट्याे

८ अर्ब ९९ करोड रूपैयाँ बढीकाे काराेबार

195
Shares

काठमाडाैं । लगातार दुई दिन बढेको शेयर बजार परिसूचक नेप्से शुक्रबार भने घटेको छ ।

नेप्से शुक्रबार १३ दशमलव ४५ अंकले घटेर २ हजार ८ सय ३७ दशमलव ७८ विन्दुमा झरेको हाे । जलविद्युत् र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा लगानी, अन्य र व्यापार समूहको सूचक १ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ । शुक्रबार २ सय ९ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको हाे । त्यस्तै, ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

एनआईसी एशिया ब्यालेन्स्ड फन्डको शेयर सबै भन्दा बढी ४ दशमलव १७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको नेप्सेले जनाएकाे हाे ।

शुक्रबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ९ अर्ब ९१ करोडको कारोबार भएकोमा शुक्रबार ३ सय ३५ वटा कम्पनीको २ करोड १० लाख कित्ता शेयर ८ अर्ब ९९ करोड रुपैयाँ काराेबार भएकाे नेप्सेले जनाएकाे हाे ।