Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण, फुटेर होइन जुटेर अघि बढ्न राष्ट्रपतिको पाैडेलकाे आह्वान

राष्ट्रिय एकताको आवश्यकतामा जोड

234
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत हुँदै गएको बताउनुभएको छ ।

यद्यपि, संविधानको मर्म र जनताको चाहना बमोजिम अझै धेरै काम गर्न बाँकी रहेको उहाँले स्वीकार गर्नुभएको हो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै विकास र समृद्धिको यात्रामा सबै राजनीतिक दल र राज्य संयन्त्रलाई एकजुट हुन आह्वान गर्नुभयो । उहाँले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिनुभएकाे छ ।

समृद्धिको साझा लक्ष्य हासिल गर्न विगतका गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने र निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने भएकाले आशा जगाउने काम गर्न सरकारलाई उहाँले सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले सार्वभौम संसदले जनताको स्वतन्त्रता, सामाजिक न्याय र सुशासनको चाहनालाई पूरा गर्ने विश्वास गर्नुभएकाे छ।