Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्नेमा उपराष्ट्रपति यादवकाे जाेड


78
Shares

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडाैंमा शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ’‘वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्ताे जोड दिनुभएको हाे । वैज्ञानिक तथ्य र तथ्यांकका आधारमा स्वास्थ्य नीति निर्माण गर्नु संवैधानिक दायित्व भएको बताउनुभयाे । उहाँले स्वास्थ्य अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा मात्र सिमित राख्न नहुने बताउनुभएकाे छ। नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउनुभयो । उपराष्ट्रपति यादवले स्वास्थ्य अनुसन्धानले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवद्र्धनमा रणनीतिक मार्गदर्शन प्रदान गर्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवले अनुसन्धानका निष्कर्षहरूले चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यावहारिक दक्षता अभिवृद्धिमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभएकाे छ ।