काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुहुने भएकाे छ ।
राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभएकाे हाे । राष्ट्रपति पौडेलले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई पहिलो पटक सम्बोधन गर्न लाग्नुभएको हो । राष्ट्रपतिले संसदको दुवै सदनलाई संयुक्तरुपले संवोधन गर्ने व्यवस्था संविधानमै गरिएको छ । राष्ट्रपतिको संवोधनसँगै संघीय संसद अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको हाे।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्यको सूचना निकाल्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहि चैत्र २४ को सिफारिसमा शुक्रबार राति १२ बजेदेखि लागूहुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।









प्रतिक्रिया दिनुहोस्