Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


आईपीएल क्रिकेटमा लखनउ जायन्ट्सको कोलकता राइडर्समाथि जित

आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्सले रोयल च्यालेन्जर्सको सामना गर्दै

0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले कोलकता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।

भारतको इडेन गार्डेन्समा बिहीबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय८१ रन बनाएको हो । जवाफी ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रनमा लक्ष्य पूरा गर्‍यो । लखनउका आयुष बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्शले १५, एडेन मार्करमले २२, ऋषभ पन्तले १० तथा निकोलस पूरनले १३ रनको योगदान दिएका छन् ।

कोलकताका लागि वैभव अरोरा र अनुकूल रोयले २-२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १-१ विकेट लिए । कोलकाताका लागि अजिंक्य रहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभम्यान पावेलले ३९ रन जोडेका छन् । लखनउका लागि प्रिन्स यादव, मणिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १-१ विकेट लिए ।

आईपीएल क्रिकेटमा शुक्रबार राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंलोर (आरसीबी) ले सामना गर्ने भएको छ । सोही खेल भारतको गुवाहाटीमा शुक्रबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो ।