Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सामान्य विषयमा विभत्स घटना ! (भिडियाे रिपोर्ट)


624
Shares

काठमाडाैं ।

सरकारले मुलुकको शक्तिशाली पदमा बसेकाहरुको सम्पत्ति खोज्ने देखि कारवाहीमा ल्याउने सम्मको अनुसन्धान चलाइरहेकै बेला नागरिकको दैनिक जीवनमा जोडिने शान्ति सुरक्षाका लागि भने स्थानीय आपराधिक समुहलेनै चुनौति दिइरहेको छ ।

बुधबार ललितपुरको पाटन दरवार क्षेत्रमा दुई दाजुभाईको चक्कु प्रहारबाट भएको हत्या सामाजिक अपराधको चरम स्वरुप हो । प्रहरीले दैनिक स्विप अप्रेशन चलाइरहे पनि आपराधिक समुह भने कमजोर नरहेको देखिएको छ । बुधबार सांझ झापाका सृजन नेम्वाङ र सुमित नेम्वाङ पाटनमै घुम्न गएका थिए ।

पाटन क्षेत्रमै बस्ने साथिलाई फोन गरे । तर नम्बर गलत परेर संजिव नेपालीलाई गयो । त्यसैमा भएको विवादले चरम रुप लियो । संजिव नेपाली गगन सुनारलाई लिएर नेम्वाङ दाजु भाई भएकै पाटनको कृष्ण मन्दिर पुगे । जहाँ उनीहरु विच हातहालाहालको स्थिति सृजना भयो ।

त्यतिनै बेला संजिव नेपालीले आफुले बोकेर लगेको चक्कुले सुमित नेम्वाङको घाँटीमा प्रहार गरे । दाई माथि आक्रमण भएको देखेर रोक्न पुगेका भाइ सृजन नेम्वाङको भने पेटमा छुरा प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुई दाजुभाइको अस्पतालले सांझ करिब साढे ८ बजे मृत घोषणा गरेको थियो ।