Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सिर्जना पौडेल केसीको विभत्स हत्याः बीच सडकमा टाउकोमा प्रहार गरी हत्यारा फरार


0
Shares

काठमाडाैं । बुधवार साँझ करिव ७ बजे पोखरामा एक महिलाको बीच सडकमा विभत्स हत्या भएको छ ।

सिर्जना पौडेल केसी नाम गरेकी ती महिलालाई अज्ञात व्यक्तिले टाउकोमा घातक प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटना साँझ ७ः०८ बजेको समयमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार, आक्रमणपछि सिर्जना सडकको बीचमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । घटनास्थलमा पुगेका एक स्थानीयले बताएअनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो र रगतसँगै गिदी समेत बाहिर निस्किएको अवस्था थियो ।

एक प्रत्यक्षदर्शी स्थानीय भन्नुहुन्छ, ‘म जाँदा उनी घोप्टो परेकी थिइन्, अनुहार देख्न सकिएन। टाउकोबाट रगत बगिरहेको थियो र गिदीका टुक्राहरू बाहिर उचिटिएका थिए। मैले हेर्दा उनको धड्कन अलिअलि चलिरहेको थियो, तर बोल्न सक्ने स्थितिमा थिइनन् ।’

घटना लगत्तै स्थानीय र एक मासु पसलका सञ्चालक मिलेर प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीकाअनुसार प्रहरी घटनास्थलमा पुग्दासम्म उनको मृत्यु भइसकेको आँकलन गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ र फरार अभियुक्तको खोजी कार्य तिब्र पारिएको जनाएको छ ।