Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

ओलीलाई त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइयो

351
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन्।

हिरासतमा परेको १३ दिनपछि बिहीबार ओली र लेखक रिहा भएका हुन् । ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाटै अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीको दुई नम्बर गण महाराजगञ्जबाट छाेडिएको हो । सर्वोच्च अदालतको आदेश अनुसार दुवैलाई रिहा गर्न सरकारी वकिल कार्यालय काठमाडौंले सहमति दिएको थियो ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले ओली र लेखकलाई यहि चैत १४ गते पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । सर्वोच्चले चैत २३ गते राति पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो ।

बुधबारसम्म अनुसन्धान टुंगिन नसकेपछि बिहीबार दुवै जनालाई शर्तसहित रिहा गरिएकाे प्रहरीले बताएकाे छ ।