Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे


7.4k
Shares

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

बुधबार तोलामा सात हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला चार हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ । बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला पाँच हजार २५ रूपैयाँमा कारोबार भएको थियाे । तर बिहीबार भने चाँदी तोलामा चार हजार आठ सय ७५ रूपैयाँमा काराेबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार सात सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।