काठमाडाैं । बङ्गलादेश सरकारले पूर्वकप्तान तमिम इकबाललाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै ३७ वर्षीय इकबाललाई अध्यक्ष नियुक्त गरेको हो । गत वर्षको अक्टोबरमा भएको बोर्डको चुनावमा धाँधली र अनियमितता भएको उजुरीपछि सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गरेको छ । इकबाल बीसीबीको इतिहासकै सबै भन्दा कान्छो अध्यक्ष बनेका छन् । उनले अब ११ सदस्यीय तदर्थ समितिको नेतृत्व गर्नेछन् जसमा पूर्वकप्तान मिन्हजुल आबेदिन र पूर्वक्रिकेटर तथा टिभी कमेन्टेटर अतहर अली खान पनि समावेश छन् ।
साेही समितिले आगामी तीन महिनाभित्र बोर्डको नयाँ चुनाव गराउने मुख्य जिम्मेवारी पाएको हाे । इकबाल बङ्गलादेशका महान् खेलाडी मध्ये एक हुन् । उनले बङ्गलादेशका लागि ७० टेस्ट, २ सय ४३ एकदिवसीय र ७८ टी–२० क्रिकेट समेत खेलेका छन् ।








प्रतिक्रिया दिनुहोस्