Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


आईपीएल क्रिकेटमा गुजरात टाइटान्सकाे दिल्ली क्यापिटल्समाथि जित

आईपीएएल क्रिकेटमा आज कोलकताले लखनउकाे सामना गर्दै

208
Shares

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा पहिलो जित निकालेको छ ।

भारतको दिल्लीमा बुधबार राति भएको खेलमा गुजरातले घरेलु टोली दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय १० रन बनायो । उसका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७० रन बनाउँदा जोश बट्लर र वासिङ्टन सुन्दरले पनि अर्धशतक बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए । जवाफमा २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेटको क्षतिमा २ सय ९ रन मात्रै बनाउन सक्यो ।

दिल्लीका ओपनर के.एल राहुलले ९२ रन जोडेपनि टोलीलाई जीताउन सकेनन् । गुजरातका रशिद खानले ३ विकेट झारेका थिए । जीतसँगै गुजरातले‌ सिजनको तेस्रो खेलमा पहिलो जती हात पार्‍यो । दिल्लीले भने यो खेल जित्दै शिर्ष स्थानमा उक्लिने अवसर गुमायो ।

आईपीएएल क्रिकेटमा बिहीबार कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स भीड्ने भएका छन् । खेल नेपाली समय अनुसार बिहीबार राति पौने ८ बजे कोलकताको इडन गार्डेन्समा हुने भएको हो ।