Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार, एक गम्भीर


16.4k
Shares

काठमाडौं । ललितपुर स्थित कृष्ण मन्दिर परिसरमा दुई युवामाथि चक्कु प्रहार भएको छ।

प्रहरीका अनुसार चार जनाको समूहमा आएका युवाहरूले दुई जनामाथि आक्रमण गरेका हुन्। चक्कु प्रहारबाट घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने दुवैलाई उपचारका लागि पाटन अस्पताल मा भर्ना गरिएको छ।

घटनापछि प्रहरी वृत्त सातदोबाटो की प्रमुख पूर्णिमा चन्द नेतृत्वको टोली घटनास्थल पुगेको छ। प्रहरीले आक्रमणकारीको खोजी तथा घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

हालसम्म घाइतेहरूको पहिचान खुल्न सकेको छैन।