काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी गरिएकाे छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी गरेकाे हाे ।
यससँगै देउवा दम्पत्तिलाई फरार सूचीमा राखिएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ ।
विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिन्छ जसको प्रारम्भिक प्रक्रिया पक्राउ पुर्जीबाट सुरु हुन्छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका देउवा दम्पत्ति हाल विदेशमा छन् । देउवा फागुन १३ मा सिंगापुर गएका थिए भने आरजु राणा देउवा त्यसअघि नै भारत हुँदै सिंगापुर पुगेकी थिइन् । त्यसपछि दुवै जना उपचारका लागि हङकङ गएर पुनः सिंगापुर फर्किएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्