Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


राष्ट्रियसभाका चार संसदीय समितिका सभापतिहरूले लिए शपथ


559
Shares

काठमाडाैं । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन्।

संघीय संसद सचिवालयले बुधबार आयोजना गरेको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उनीहरुले शपथ लिएका हुन् । राष्ट्रियसभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएका थिए ।

मंगलबार बसेको सम्बन्धित समितिको बैठकले उनीहरुलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको थियाे। समिति सभापतिहरुको शपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।