Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


हिमपातका कारण अफगान राजधानीलाई उत्तरी क्षेत्रसँग जोड्ने राजमार्ग बन्द


429
Shares

एजेन्सी। अफगान राजधानी काबुललाई देशको उत्तरी क्षेत्र र मध्य एशियाली राष्ट्रहरूसँग जोड्ने मुख्य राजमार्ग पहाडी सालाङ भञ्ज्याङमा भएको भारी हिमपातका कारण बन्द भएको छ ।

आधिकारिक समाचार एजेन्सी बाख्तरले मंगलबार यसकाे बारेमा जानकारी दिएको हो । सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हकशिनासलाई उद्धृत गर्दै आधिकारिक सञ्चारमाध्यमले भारी हिमपात, हावाहुरी र कुहिरोका कारण मंगलबार रातिदेखि सालाङ राजमार्ग यातायातका लागि बन्द गरिएको छ । अर्को सूचना नभएसम्म चालकहरूलाई सालाङ मार्गबाट यात्रा नगर्न आग्रह गरिएको छ ।

हिन्दु कुश पर्वतमालामा समुन्द्र सतहदेखि ३ हजार मिटरको उचाईमा रहेको सालाङ सुरुङले काबुललाई नौवटा उत्तरी प्रान्त र मध्य एसियासँग जोड्छ। यसलाई अफगानिस्तानको जीवनरेखा मानिन्छ । यसका साथै, काबुललाई पूर्वी प्रान्तहरू नान्गाहार, लगमान, कुनार र नुरिस्तानसँग जोड्ने सडक पनि विगत चार दिनदेखि यातायातका लागि बन्द रहेको छ ।