Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


राष्ट्र बैंकले अत्यधिक तरलता व्यवस्थापनको लागि आज २५ अर्ब रूपैयाँ निक्षेप खिच्दै

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड बोलकबोल गर्नुपर्ने

286
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापनको लागि बुधबार बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हाे । यसको साँवा र ब्याज भुक्तानी आगामी जेठ २० गते हुने भएकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्ने बैंकले जनाएकाे हाे ।