एजेन्सी । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ ।
तर यो युद्धको अन्त्य दीर्घकालीन भने नभएको समेत उहाँले जानकारी गराउनुभएकाे हाे । उहाँले आवश्यक परे प्रतिक्रिया दिन तयार रहन पनि अनुराेध गरिएकाे छ । इजरायले पनि युद्धविराममा सहमति जनाएको खबरहरू आइरहँदा पनि केही क्षेत्रमा आक्रमण र मिसाइल चेतावनी जारी गरेको हाे । युद्धविराम स्ट्रेट अफ हर्मुज खोल्ने शर्तसँग जोडिएको छ भने पाकिस्तनको मध्यस्थतामा थप वार्ताको तयारी भइरहेको छ ।
यसैबीच, विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुका साथै शेयरको मूल्य बढेको हाे । जसले अस्थायी रूपमा विश्व बजारमा राहतको संकेत गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको आक्रमण रोक्ने निर्णयलाई स्वागत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । राष्ट्रपति ट्रम्पले यो पर्याप्त नभएको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभएको छ । इरानले पूर्ण रूपमा सैन्य गतिविधि नरोके अमेरिका फेरि पनि कडा कदम चाल्न तयार रहेकाे उहाँले चेतावनी समेत दिनुभएकाे हाे ।
राष्ट्रपति ट्रम्पको हर्मुज जलमार्ग खुला राख्नुपर्ने विषयमा कुनै सम्झौता नहुने संकेत छ । तर इरानले अहिलेसम्म यसकाे बारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन । आगामी वार्ताले नै मध्यपूर्वको भविष्य र स्थायी शान्ति दिशा तय गर्ने विज्ञहरूको बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्