Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


कांग्रेसकाे १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम आजदेखि शुरू


468
Shares

काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम शुरु गर्दैछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोगेको पराजयका विषयमा समीक्षा शुरु गर्न लागेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पहिलो दिनको कार्यक्रम बुधबार मधेश प्रदेशको जनकपुरमा हुने बताउनुभयाे। कार्यक्रममा सम्बन्धित प्रदेश अन्तर्गत क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवारहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने भएका छन् ।

कांग्रेसले तय गरेको कार्यक्रम अनुसार यहि चैत २७ गते गण्डकीको पोखरामा, चैत २९ गते लुम्बिनीको बुटवलमा, वैशाख ३ गते कर्णालीको सुर्खेतमा, वैशाख ५ गते सुदूरपश्चिमको धनगढी, वैशाख ७ गते बागमतीको हेटौंडा र वैशाख ९ गते कोशी प्रदेशको विराटनगरमा समीक्षात्मक कार्यक्रम हुने भएकाे हाे ।