Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

आपसी सहयोग विस्तार गर्ने सहमति

247
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपालस्थित चिनियाँ राजदूतावासले मन्त्री खनाल र राजदूतबीच मंगलबार राति परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको जनाएकाे हाे।साेही भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र व्यावहारिक सहयोगका विषयमा फलदायी छलफल भएको दूतावासले जानकारी गराएकाे छ।

दुवै पक्षबीच आपसी सहयोगलाई थप सुदृढ बनाउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई तीव्रता दिने सहमति भएको छ।