काठमाडाैं । संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको बैठक बुधबार पनि बस्ने भएकाे हाे।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेदेखि सिंहदरबारस्थित निर्माणधिन संसद भवनको बहुउद्देश्यीय हलमा बस्ने भएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुहुने भएकाे हाे । सभामुख डाेलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र वाचन गरेर सुनाउने सम्भावित कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठक पनि बुधबारै दिउँसो सवा १ बजे बस्ने भएकाे हाे । बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्