Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


अमेरिका र इरानबीच २ हप्ता युद्धविराम गर्ने घोषणा

याे घोषणासँगै इरानमाथिकाे अमेरिकी आक्रमण पनि रोकियो, पाकिस्तानको इस्लामावादमा शान्ति वार्ता हुने

2.2k
Shares

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम गर्ने घोषणा भएको छ ।

इरानमा पूर्ण हमलाको अमेरिकी समयसीमा सकिनै लाग्दा युद्धविराममा सहमति जुटेको हो । जसले पश्चिम एशियामा जारी युद्ध केही मत्थर हुने अपेक्षा गरिएको छ । युद्धविरामको लागि इरानले अघि सारेको १० वुँदे योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको प्रस्थान विन्दुकाे रुपमा लिनुभएकाे हाे । युद्धविरामको बदलामा इरानले हर्मुज जलमार्गमा पानीजहाजहरुलाई सुरक्षित बाटो दिने भएकाे छ। तेहरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले इरान विरुद्धको आक्रमण रोकिएमा युद्ध अन्त्य गर्न इरान सहमत हुने बताउनुभयाे ।

मध्यस्थकर्ताको रूपमा काम गरिरहेको पाकिस्तानले राष्ट्रपति ट्रम्पलाई आफ्नो समयसीमा दुई हप्ता थप्न आह्वान गरेको थियो । स्थायी शान्ति सम्झौताको लागि पाकिस्तानको इस्लामावादमा थप वार्ता हुने भएकाे छ । यसअघि राष्ट्रपति ट्रम्पले इरानको सिंगो सभ्यता नामेट पार्ने धम्की दिएपछि सर्वत्र विरोध भएको थियो । क्रिष्चियन धर्मगुरु पोपले इरानको जनसंख्यालाई निर्देशित धम्कीहरू अस्वीकार्य रहेको बताउनुभएको थियो ।

बेलायत लगायतका अमेरिकी साझेदार देशहरुले पनि राष्ट्रपति ट्रम्पको धम्कीको विरोध गरेका थिए ।