Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


आईसीसी विश्वकप लिग-२ का खेलहरू आगामी वैशाख १२ गतेदेखि काठमाडाैंमा हुने


364
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ का खेल आगामी वैशाख काठमाडौंमा हुने भएको छ ।

प्रतियोगिताका खेलहरू वैशाख १२ देखि २२ गतेसम्म संचालन हुने भएका हुन् । साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुने भएकाे हाे । दोस्रो खेल वैशाख १६ गते ओमानसँग खेलिने भएकाे छ । नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ गते खेल्ने भएकाे हाे ।

नेपाल, ओमान र यूएईबीचको शृङ्खला यसअघि फागुन २६ गतेदेखि चैत ६ गतेसम्म कीर्तिपुरमा आयोजना हुने तय गरिएको थियो । तर, पशुचिम एशियामा उत्पन्न तनावलाई मध्यनजर गर्दै क्यानले विश्वकप लिग–२ का खेलहरू स्थगित गरेको थियो ।पहिलो शृङ्खला सकिएपछि अर्को हप्ता नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच लिग–२ अन्तर्गतका खेलहरू हुने भएका छन् ।

नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग, जेठ २ गते अमेरिकासँग, जेठ ४ गते पुनः स्कटल्यान्डसँग र अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्ने क्यानले जनाएकाे छ।